ग्वार्को फ्लाइ ओभर निर्माण : अन्तिम पटक थपिएको म्याद पनि गुज्रिने आशङ्का (तस्बिरहरू)
काठमाडौँ । ललितपुरको ग्वार्कोमा बनिरहेको फ्लाइ ओभरको अन्तिम पटक थपिएको म्याद यही पुस ८ मा सकिँदैछ । सुरुको सम्झौता अनुसार गत फागुन १२ भित्रै निर्माणको काम सक्नुपर्ने थियो । तर अहिले पनि समयमै काम सकिनेमा शंका छ ।
२०७८ फागुन १२ गतेदेखि आशिष–समानान्तर–रेलिगेर जेभीले फ्लाइ ओभर निर्माणको ठेक्का लिएको थियो । काम सम्पन्न गर्ने मिति सकिन ५ हप्ता मात्रै बाँकी रहँदा अहिलेसम्म समग्र भौतिक प्रगति ८० प्रतिशत देखिएको छ ।
_wmQX4RKEFF.jpg)
ठेक्का भएको १३ महिनामा डिजाइनमा समस्या आएपछि कम्पनीले काम नै रोकेर “डिजाइन रिभाइज” गरेको थियो । २ वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको भए पनि निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेपछि कम्पनीले नै पुस ८ गते सक्ने गरी १० महिनाको लागि म्याद थप गरेको थियो ।
_BzQKVY7KPE.jpg)
४९० मिटर लामो फ्लाइओभरमा बालकुमारीतर्फबाट २८० मिटर लामो र्याम र सात दोबाटोतर्फबाट १३५ मिटर लामो र्याम रहने छ । यसको उचाइ अन्तर्राष्ट्रिय मापदण्डअनुसार ६ मिटरको राखिएको निर्माण कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अहिलेसम्म पुल निर्माणतर्फ ९८ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । यसमा रेलिङ्ग, पेभमेन्ट, रंग रोगनलगायतको काम गर्न बाँकी छ ।
_BLm1FG4wTW.jpg)
_xKwaKh7KT4.jpg)
_9xGQd2Qgwa.jpg)
_mqXo9NqNpD.jpg)
_0X5W2cOdaT.jpg)
_0951aPxnxT.jpg)
_2HfIQxrLax.jpg)
_Na4FpBD23d.jpg)
_vAUC8ANvax.jpg)
_AiGKpZiOfD.jpg)
_UNeFJSHs82.jpg)
_XMruY3V6NU.jpg)
_2Fj5e508Yr.jpg)
_N4jsJs6T7I.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण