ग्वार्को फ्लाइ ओभर निर्माण : अन्तिम पटक थपिएको म्याद पनि गुज्रिने आशङ्का (तस्बिरहरू)

काठमाडौँ । ललितपुरको ग्वार्कोमा बनिरहेको फ्लाइ ओभरको अन्तिम पटक थपिएको म्याद यही पुस ८ मा सकिँदैछ । सुरुको सम्झौता अनुसार गत फागुन १२ भित्रै निर्माणको काम सक्नुपर्ने थियो । तर अहिले पनि समयमै काम सकिनेमा शंका छ ।
२०७८ फागुन १२ गतेदेखि आशिष–समानान्तर–रेलिगेर जेभीले फ्लाइ ओभर निर्माणको ठेक्का लिएको थियो । काम सम्पन्न गर्ने मिति सकिन ५ हप्ता मात्रै बाँकी रहँदा अहिलेसम्म समग्र भौतिक प्रगति ८० प्रतिशत देखिएको छ ।
ठेक्का भएको १३ महिनामा डिजाइनमा समस्या आएपछि कम्पनीले काम नै रोकेर “डिजाइन रिभाइज” गरेको थियो । २ वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको भए पनि निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेपछि कम्पनीले नै पुस ८ गते सक्ने गरी १० महिनाको लागि म्याद थप गरेको थियो ।
४९० मिटर लामो फ्लाइओभरमा बालकुमारीतर्फबाट २८० मिटर लामो र्याम र सात दोबाटोतर्फबाट १३५ मिटर लामो र्याम रहने छ । यसको उचाइ अन्तर्राष्ट्रिय मापदण्डअनुसार ६ मिटरको राखिएको निर्माण कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अहिलेसम्म पुल निर्माणतर्फ ९८ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । यसमा रेलिङ्ग, पेभमेन्ट, रंग रोगनलगायतको काम गर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा उप्रेती नियुक्त
-
१० बजे १० समाचार : आन्दोलनअघि ज्ञानेन्द्रको ‘मिटिङ’देखि स्वार्थको खेलमा मुख्यसचिवसम्म
-
सडकको आकस्मिक अनुगमन गर्दै मन्त्री मास्केले भने - गुणस्तरमा कम्प्रमाइज हुँदैन
-
मार्सको शानदार शतक, गुजरातसामु रनको पहाड
-
अमेरिकी राजदूत मुस्ताङमा
-
सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन : नेपाली फिन्टेकको ऐतिहासिक सुरूवात