कराँतेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिवारदेखि
बिहीबार, ०६ मङ्सिर २०८१, १२ : ३०
काठमाडौँ । काठमाडौँ जिल्ला कराँते महासङ्घको आयोजना तथा काठमाडौँ जिल्ला सितोरियो कराँते सङ्घको संयोजनमा राष्ट्रिय एलिट कराँते प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिवारदेखि सुरु हुने भएको छ ।
प्रशिक्षणमा करिब एक सय ५० जना प्रशिक्षकको सहभागिता रहने जानकारी आयोजक महासङ्घका अध्यक्ष ज्ञानबहादुर जिम्बाले दिए । सहभागीलाई कराँतेका मुख्य प्रशिक्षक दीपक श्रेष्ठ र करातेका पूर्वमुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठले प्रशिक्षण दिनेछन् ।
उनीहरूलाई काठमाडौँ जिल्ला सितोरियो कराँते संघका अध्यक्ष एवं शंखडोल कराँते एकेडेमीका प्रमुख प्रशिक्षक शिवराम कारन्जितले सहयोग गर्नेछन् । सहभागीलाई सुलोचना सिजाख्वा र शिवराज भट्टले खुराक, खेलकुद मनोविज्ञान र खेलकुद विज्ञानसम्बन्धी ज्ञान दिनेछन् । तीन दिने प्रशिक्षण जोरपाटीस्थित शंखडोल कराँते एकेडेमीमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण