हवाई भाडा अनुगमन गर्न कार्यदल गठन, ११ एयरलाइन्सले बुझाए भाडादर सूची
काठमाडौं । हवाई भाडाको सम्बन्धमा अनुगमन गर्न कार्यदल गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयको पर्यटन महाशाखाको नेतृत्वमा क्यान, पर्यटन मन्त्रालय, नेपाल प्रहरीलगायतको सहभागिता रहनेगरी यस्तो कार्यदल गठन गरेको मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए ।
बुधबार मन्त्री पाण्डेले एयरलाइन्स कम्पनीहरूलाई आफूले लिएको भाडादर बुझाउन आज साँझ ४ बजेसम्मको समय दिएका थिए । यो अवधिमा ११ वटा एयरलाइन्सले भाडादरको सूची बुझाएको प्रवक्ता लामिछानेले जानकारी दिए । अहिले नेपालमा साढे २ दर्जन वायुसेवाले सेवा दिँदै आएको छ । नेपाल एयरलाइन्सले यस्तो भाडादर सार्वजनिक नै गरिसकेको छ ।
अहिले बनाइएको कार्यदलले मन्त्रालयलाई बुझाइएको भाडादर र यात्रुसँग लिइएको भाडाबारे अध्ययन गर्ने र यसको प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ । समितिले २र३ दिनभित्रै यसको भाडादर अनुगमनको प्रारम्भिक निष्कर्ष दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण