एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अन्तर्राष्ट्रिय उडान गर्ने ११ एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन् ।
अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी नागरिकलाई दुःख दिएको गुनासो बढेपछि पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र भाडादर उपलब्ध गराउन बुधबार निर्देशन दिएको थियो । सोही निर्देशनबमोजिम एयरलाइन्सले आज मन्त्रालयलाई भाडादरसहित विवरण बुझाएका हुन् ।
एघार एयरलाइन्सले भाडादरसहितको सूची बुझाएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछाने जानकारी दिए । विवरण बुझाउने एयरलाइन्समा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, फ्लाइ दुबई, इण्डिगो एयरलाइन्स, एयर अरेबिया, टर्किस एयरलाइन्स, कोरियन एयरलाइन्स, सिचुवान एयरलाइन्स, मलेसियन एयरलाइन्स र जजिरा एयर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ अधिवक्ता थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार
-
सप्तकोशीमा उद्धार अभ्यास गर्ने क्रममा दुई गोताखोर बेपत्ता
-
अध्यक्षमाथि भ्रष्टाचार मुद्दाले नेकपा एसको केन्द्रीय कार्यालय ततायो (तस्बिरहरू)
-
संघीयतामा सडक निर्माणका विसंगति
-
नेपालले बढायो युएई जाने नेपाली श्रमिकको तलब
-
इन्जिनियर सन्तोष कुमार यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर