चाेरी पैठारी
रसुवाबाट २ किलो सुनसहित युवक पक्राउ
शुक्रबार, ०७ मङ्सिर २०८१, १२ : ५४
काठमाडौँ । रसुवाको कालिकाबाट प्रहरीले सुनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोसाईंकुण्ड गाउँपालिका–३ घर भएका ३४ वर्षीय कर्मा सोनाम लामा छन् ।
उनको साथबाट २ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरिएको रसुवाका डीएसपी केशव भट्टराईले रातोपाटीलाई बताए । बागमती प्रदेश–०२–०४३ प २४३४ नम्बरको मोटरसाइकलमा सवार उनी कालिकास्थानतर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
कालिका गाउँपालिका–१ स्थित अस्थायी प्रहरी पोस्ट ग्राङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । जुत्ता भित्र लुकाएर ल्याएको अवस्थामा बरामद धातुसहित उनलाई भन्सार कार्यालय टिमुरे पठाइएको डीएसपी भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण