भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
काठमाडौँ । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि र रिन्यु होल्डिङ्स प्रालिबिच भाटभटेनीका विभिन्न सुपर मार्केटहरूको छत तथा खाली स्थानहरूलाई उपयोग गरेर जम्मा १२ दशमलव ७५० मेगावाट बराबरको सौर्य विद्युत् उत्पादन तथा सहकार्य गर्न सम्झौता सम्पन्न भएको छ।
यस समझौतापत्रमा भाटभटेनीको तर्फबाट सञ्चालक सावित्री गुरुङ र रिन्यु होल्डिङ्सको तर्फबाट प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
रिन्यु होल्डिङ्सले सोलर, हाइड्रो लगायतका नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिङ् स्टेसन र नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिमा काम गर्ने लक्ष्य लिएको छ । भाटभटेनीले देशभर २७ वटा सुपरमार्केटको स्थापना गरिसकेको छ भने अबको ५ वर्षमा ५१ वटा स्टोर स्थापना गर्ने लक्ष्य लिएको छ । जहाँ सबै संरचनामा नवीकरणीय ऊर्जा प्रयोगमा जोड दिइनेछ।
यस सम्झौताले नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धन र दिगो विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भने कार्बन उत्सर्जनलाई पनि कम गर्नेछ। रिन्यु होल्डिङ्स र भाटभटेनी सुपरमार्केट दुवै संस्थाहरूले भविष्यमा पनि आपसी सहकार्य र राष्ट्रिय ऊर्जा लक्ष्यमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण