उत्तर प्रदेशको सम्भल हिंसामा मर्नेको सङ्ख्या ४ पुग्यो
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको सम्भल जिल्लामा रहेको शाही जामा मस्जिदको सर्वेक्षणका क्रममा भएको हिंसामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ । यो जानकारी मुरादाबाद डीआईजी मुनिराजले दिएका हुन् ।
यसअघि हिंसामा पाँच जनाको मृत्यु भइसकेको खबर आएको थियो । यसबारे सोध्दा मुनिराजले समाचार एजेन्सी पीटीआईलाई आफूहरूले अहिलेसम्म तीन जनाको पोस्टमार्टम गरेको र मुरादाबादमा सोमबार उपचारका क्रममा अर्का एक जनाको मृत्यु भएको बताए ।
चौथो मृतकको पोष्टमर्टम भइनसकेको र मृत्युको कारण पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै थाहा हुने उनले बताएका छन् । शान्तिका लागि अपिल गर्दै डीआईजीले यस विषयमा निष्पक्ष छानबिन हुने बताए । पश्चिमी उत्तर प्रदेशको सम्भल जिल्लामा आइतबार बिहान शाही जामा मस्जिदको सर्वेक्षणका क्रममा हिंसा भएको थियो ।
सर्वेक्षण पूरा गरेर सर्वेक्षक टोली फिर्ता जान लाग्दा मानिसहरूले तिनीहरूलाई निशाना बनाएर ढुङ्गा हान्न थालेका थिए । जिल्लामा हिंसाका क्रममा चौथो व्यक्तिको मृत्यु भएपछि त्यहाँ कर्फ्युको जस्तो स्थिति भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण