यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
काठमाडौं । वैवाहिक जीवनमा सबैभन्दा ठूलो समस्या पैसाको कमी र यौन असन्तुष्टीका कारण उत्पन्न हुन्छ भनेर भनिन्छ । तर, जीवनभरको सम्बन्ध विगार्ने कुरा यी मात्रै होइनन् । कहिलेकाँही खुलेर कुराकानी नहुनु, एक अर्काको रवैया र अविश्वास जस्ता कुराले पनि वैवाहिक जीवनमा दरार ल्याउन सक्छ । स्वस्थ, खुशी रोमान्टिक सम्बन्ध बनाइराख्न कलह वा सम्बन्ध विच्छेदको कारण बन्न सक्ने सामान्य समस्यालाई चिनेर यसलाई जरैदेखि अन्त्य गर्न जरुरी छ ।
जो कोहीको जीवनमा यस्तो समय आउँछ, जहाँ कयौं पटक त मान्छेलाई आफ्नो आनीबानी नै सम्बन्धमा तिक्तताको कारण बन्न सक्छ भन्ने बुझ्नै सक्दैनन् । आजको यस लेखमा हामी सम्बन्धमा दूरीको कारण बन्न सक्ने यस्तै केही बानीबारे कुराकानी गर्नेछौं । तपाई वा तपाईको जीवनसाथी वा पार्टनरमा पनि यस्ता समस्या छन् भने यी बानी त्याग्न जरुरी छ ।
कुराकानी नहुनु
तपाई अनि तपाईको जीवनसाथीबीच कुराकानी नै हुुँदैन वा राम्ररी बोलचाल हुँदैन भन्ने कुराले जो कोही अचम्भित हुनसक्छ । किनकि यस्तो बानीले हर कोहीको सम्बन्धलाई बिगार्नसक्छ । खराब सञ्चारको कारण विवाहित जोडीमा कोही एक जनाले आफ्ना कुरा सुनेन, अपमानित गरिदियो वा एक्लिएको अनुभव गर्छ भने उसको सम्बन्ध लामो समयसम्म चल्न असम्भव छ ।
तर, यसको पनि अनेक रुप हुन सक्छ । आफूलाई के भइरहेको छ, कस्तो स्थितिबाट गुज्रिरहेको छुँ भन्न नसक्नु नियमित रुपमा भावना व्यक्त गर्न नसक्नु आदिले एक अर्काप्रति प्रेमको भावनालाई कम गर्नसक्छ । नियमित रुपमा भावना व्यक्त गर्न नसक्दा स–साना समस्याले पनि दूरी बढाउन सक्छ ।
तेस्रो व्यक्तिको दख्खल
हाम्रो घर समाजमा हरेक सम्बन्धमा बाहिरी मान्छेको दख्खल हुन्छ । यसले पनि कहिलेकाँही वैवाहिक जीवनमा नराम्रो प्रभाव पार्न सक्छ । बाआमा, साथीभाई यहाँसम्म बच्चाले पनि विवाहमा अनुचित प्रभाव पार्न सक्छन् । निर्णय दिने दम्पत्ति वा जोडीको प्रक्रियालाई तेस्रो पक्षले जानी नजानी प्रभावित गर्छ भने यसमा संघर्ष हुन्छ । जोडीको इच्छा अनि प्राथमिकता विपरीत गलत निर्णय पनि हुन सक्छ । तेस्रो पक्षको उपस्थितिले आपसी विश्वास कम गर्न सक्छ । आफ्नो राय र प्राथमिकतालाई वेवास्ता गरिएको एक जनालाई लाग्छ भने उसमा आफ्नो जीवनसाथीप्रति अरुची पैदा हुनसक्छ ।
विश्वासमा कमी
हरेक सम्बन्धको आधार हो, विश्वास । पतिले पत्नीमाथि शंका गर्नु वा पत्नीले आफ्नो पतिमाथि शंका गर्नुले लामो समयसम्म सम्बन्धमा तिक्तता पैदा गर्न सक्छ । सम्बन्धलाई स्वस्थ बनाएर चलाइराख्ने हो भने यो काम ठीक होइन । यो रवैया सबैले बदल्नु पर्छ । आफ्नो जहानमाथि विश्वास गर्नुहोस् । कुनै समस्या उत्पन्न भयो भने खुलेर यसबारे कुराकानी गर्नुहोस् । बिनाकारण एक अर्कामाथि शंका गर्नु हुँदैन । यस्तो बानीले सम्बन्धमा दरार उत्पनन गराउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण