क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन तयारी अन्तिम चरणमा, बिहीबार भूगोल पार्कमा उद्घाटन हुने
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन बिहीबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेता हुकुम सिंहले जानकारी दिए ।
सिंहका अनुसार बुधबार आयोजक समितिको बैठक बस्नेछ । महाधिवेशनको उद्घाटन सत्रको दिन शान्तिबाटिकामा जम्मा भएर जुलुससहित न्यूरोडस्थिति भूगोल पार्कमा गएर सभामा परिणत हुने सिंहले बताए ।
मङ्सिर २३ गतेसम्म सञ्चालन हुने बन्दसत्रमा अध्यक्ष मोहन वैद्यले पेस गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल गरी परिमार्जनसहित पारित हुनेछ । महाधिवेशनमा देशभरबाट साढे तीन समय प्रतिनिधि सहभागी हुने सिंहले बताए ।
नेपाल कम्युनिस्ट पार्टीबाट आएका नेकपा बहुमत र नेकपा मसालबाट फुटेर आएका सन्तबहादुर नेपाली समूहबिच एकता महाधिवेशन हुने भनिएको थियो । तर नेकपा बहुमत एकता महाधिवेशनबाट अलग भएर छुट्टै महाधिवेशनको तयारीमा जुटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण