बकवास गीत लेख्नु पनि मुस्किलकाे काम हो: जावेद अख्तर
नयाँ दिल्ली । जावेद अख्तर हिन्दी फिल्मका चर्चित गीतकार हुन् । यतिबेला उनको एउटा पुरानो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसमा फराह खानले एउटा फिल्मका लागि आफूलाई बिना अर्थको गीत लेख्न भनेको भनेर बताइरहेका छन् । बिना अर्थको गीत लेख्न पनि सजिलो काम नभएको जावेदले भिडियोमा बताएका छन् ।
सन् २००७ मा फराह खानको ‘ओम शान्ति ओम’ फिल्म आएको थियो । यो फिल्मका गीतहरू निकै हिट भए । फिल्मको एउटा गीतमा त फराहले लगभग पूरै बलिउडलाई लिएर आइन् । तर यो फिल्मको एउटा गीतलाई लिएर उनी निकै चिन्तित थिइन् । यो गीत फराहले जावेदलाई लेख्न लगाएकी थिइन् । यो गीत लेख्नु आफ्नो लागि निकै ठुलो ‘टास्क’ भएको जावेदले भिडियोमा भनेका छन् ।
फराहले गरेकी थिइन् अजीब माग
फिल्मका नायक ह्विलचेयरमा भएको र उसलाई जोडेर बिना अर्थको गीत लेख्न फराहले जाभेदलाई भनेकी थिइन् । गीतमा ‘डिस्को’ जस्ता शब्द पनि राख्नु पर्ने थियो । ‘कसैले तपाईँलाई बिना अर्थको गीत लेख्न भन्छ भने यो तपाईँको लागि वास्तवमै एउटा चुनौती हो । यदि तपाईंले कसैलाई यहाँ उभिएर बिना कारण दुई मिनेट बोल्न भन्नु भयो भने यो कुराको कुनै मतलब हुन्न ।’ भाइरल क्लिपमा जाभेदले भनेका छन् ।
सजिलो थिएन बेतुकको गीत लेख्न
फराहले जाभेदलाई कुनै पनि लाइनको कुनै अर्थै नभएको गीत लेख्न भनेकी थिइन् । त्यसपछि आफूलाई पहिलो पटक बकवास लेख्नु पनि निकै गाह्रो काम हो भन्ने महसुस भएको उनले बताए । त्यो गीत निकै हदसम्म बिना अर्थको थियो र यसमा आफूलाई खुसी लागेको पनि उनले बताए ।
सुखविन्दर सिंहको आवाजमा फिल्ममा ‘दर्द–ए–डिस्को’ गीत राखिएको थियो । तर यो गीत पनि निकै हिट भयो । ओम शान्ति ओममा शाहरुख खानसँगै दीपिका पादुकोण, श्रेयस तलपडे, किरण खेर र अर्जुन रामपालको महत्त्वपूर्ण भूमिका थियो । यो दीपिका पादुकोणको बलिउड डेब्यू थियो । फिल्ममा दीपिका र शाहरुख दुवै डबल रोलमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले सांसद चौधरीले हैकम जमाएको भन्दै २१३ जनाद्वारा पार्टी परित्याग
-
लगानी बढाउन चिनियाँ लगानीकर्तासँग प्रधानमन्त्री ओलीको आग्रह
-
एसिया कपमा युवा टोलीले धेरै आशा गर्न सकिने प्रदर्शन गरेको छ : शक्ति गौचन
-
रोयल्टी समाजको अल्टिमेटममा यातायात व्यवसायीको प्रतिरोध, के हो लफडा ?
-
काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक
-
बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ?