कृषि पर्यटन विकासमा अघि बढ्नुपर्छ : मुख्यमन्त्री लामा
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कृषि पर्यटन विकासमा अग्रसर हुन जरुरी रहेको औँल्याएका छन् । प्रदेशमा कृषि पर्यटनको प्रचुर सम्भावना रहेकाले तीनै तहका सरकारको प्राथमिकता त्यसतर्फ केन्द्रित हुनुपर्ने उनले बताए ।
मकवानपुरको थाहा नगरपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले प्रदेश सरकारले कृषि उत्पादन र पर्यटनलाई महत्वका साथ अघि बढाएको बताए । उनले थाहा नगरपालिकासहित प्रदेशका अन्य स्थानीय तहको समृद्धिको लागि कृषि र पर्यटन क्षेत्रमा जोड दिनुपर्ने बताए ।
उनले पर्यटकीय क्षेत्रलाई स्थानीय तहको समन्वयमा विशेष प्राथमिकताका साथ कार्यक्रमहरू अघि बढाउने बताए । प्रदेशको संस्कृति परम्परा र कृषि उत्पादनलाई वृद्धि गरेर धार्मिक तथा कृषि पर्यटनको विकास गर्नुपर्ने उनको भनाई थियो ।
मुख्यमन्त्री लामाले सडक पूर्वाधारको स्तरोन्नति र विकाससँगै सांस्कृतिक सम्पदाको जगेर्नामा सरकारले योजना निर्माणमा काम गरिरहेको उनले बताए । आर्थिक उपार्जनको स्रोत बनिरहेको पर्यटन क्षेत्रलाई कृषि र संस्कृतिसँग जोड्ने काम भइरहेको उनको भनाई छ । स्थानीय सरकारहरूले सोही प्रकृतिका आयोजनाहरू तयार गरी डिपिआर सहित बजेटका लागि प्रदेश सरकार समन्वय गर्न उनले आग्रह गरे ।
कार्यक्रमको अवसरमा थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले ग्रामीण भेगमा रहेका गाउँहरू जोड्न सडक पूर्वाधारको लागि बजेट विनियोजन गरिदिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण