सूर्यको किरणबाट भिटामिन डी लिने सही समय कुन हो ?
काठमाडौँ । हाम्रो शरीरलाई राम्ररी काम गर्न निकै धेरै भिटामिन र खनिजहरू चाहिन्छ । हाम्रो शरीरका लागि नभई नहुने भिटामिनमध्ये एक भिटामिन डी हो ।
यो भिटामिन प्राकृतिक रूपमा सूर्यको किरणबाट प्राप्त हुन्छ । तर जाडोमा हामीले टन्नै लुगा लगाएर बस्ने भएकोले शरीरले पर्याप्त भिटामिन डी पाउन सक्दैन र यसको कमी हुन्छ । भिटामिन डी हाम्रो शरीरको लागि आवश्यक पोषक तत्त्व हो । यसले हड्डीलाई बलियो बनाउन, प्रतिरक्षा प्रणालीलाई मजबुत पार्छ र क्याल्सियमको अवशोषणमा पनि मद्दत गर्छ ।
यो मुख्यतया: सूर्यको किरणको सम्पर्कको कारण शरीरमा प्राकृतिक रूपमा उत्पादन हुन्छ । तर भिटामिन डीको स्तर कायम राखिराख्नु सबैका लागि सजिलो हुँदैन । आजको यस लेखमा हामीहरू घामबाट भिटामिन डी प्राप्त गर्ने सही समय र शरीरमा यसको कमीका लक्षणहरूबारे कुराकानी गर्नेछौँ-
- घामबाट भिटामिन डी लिने उपयुक्त समय
वैज्ञानिक अध्ययनका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मको घाममा भिटामिन डीको उत्पादन सबैभन्दा बढी हुन्छ । यस समयमा, सूर्यको किरणहरू सिधा हुन्छन्, जसका कारण यूभीबी किरणहरूले छालामा बढी प्रभाव पार्छ ।
- समय, स्थान र मौसममा पनि निर्भर
तपाईं पहाडी क्षेत्रमा बस्नु हुन्छ भने, घाम धेरै चर्को हुन्छ । त्यसैले कम समय पनि पर्याप्त हुन सक्छ । चिसो वा बढी प्रदूषित क्षेत्रमा पर्याप्त भिटामिन डीका लागि लामो समयसम्म घाममा बस्नुपर्ने हुन सक्छ ।
- घाममा कति समय बस्नुपर्छ ?
उज्यालो छाला भएका मानिसहरूले दिनको १०–१५ मिनेट घाममा बस्नुपर्छ ।
कालो छाला भएका मानिसहरूका लागि २०–३० मिनेट घाममा बस्नु फाइदाजनक हुन्छ ।
- सावधानी
–बिहानको कलिलो घाम हाम्रो लागि बढी सुरक्षित हुन्छ ।
–सूर्यको प्रकाशको अत्यधिक एक्सपोजरले छाला जल्न सक्छ । त्यसैले सन्तुलन कायम राख्न महत्त्वपूर्ण छ ।
शरीरमा भिटामिन डीको कमी छ भनेर कसरी थाहा पाउने ?
- हड्डी र मांसपेशीमा पीडा
भिटामिन डीको कमीले क्याल्सियम राम्ररी अवशोषित हुँदैन, जसका कारण हड्डी कमजोर हुन्छ । यसले ओस्टियोपोरोसिस र हड्डी फ्र्याक्चर हुने जस्ता समस्या देखिन सक्छ ।
- थकान र कमजोरी
कुनै भारी काम नगरीकन पनि थकित महसुस गर्नुहुन्छ भने यो भिटामिन डीको कमीको संकेत हुन सक्छ ।
- डिप्रेसन र मुड स्विङ्स
भिटामिन डी मानसिक स्वास्थ्यसँग पनि सम्बन्धित छ । यसको कमीले डिप्रेसन र चिडचिडापन निम्त्याउन सक्छ ।
- कपाल झर्ने
भिटामिन डीको कमीले कपाल झर्ने समस्या बढाउँछ ।
रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु
बारम्बार रुघाखोकी लाग्नु र संक्रमणबाट सजिलै प्रभावित हुनु भनेको शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको संकेत हो ।
- यसरी पूरा गर्नुस् भिटामिन डीको कमी
–सूर्यको प्रकाशको अधिकतम प्रयोग गर्नुस् ।
–दैनिक कम्तिमा १५–३० मिनेटको समय घाममा बिताउनुस् ।
यस बाहेक पनि तपाईले आफ्ना खानमा भिटामिन डी युक्त यी खानेकुराहरू समावेश गर्न पनि सक्नु हुन्छ ।
–माछा (साल्मन, टुना)
–अण्डाको पहेंलो हिस्सा
–च्याउ
–डाक्टरको सल्लाहमा भिटामिन डी चक्की वा क्याप्सुलको सेवन पनि यसको एउटा विकल्प हुन सक्छ ।
सूर्यको किरण भिटामिन डी प्राप्त गर्ने सबैभन्दा प्राकृतिक र प्रभावकारी स्रोत हो । सही समयमा सूर्यको किरणको सम्पर्कले तपाईँको हड्डीलाई त बलियो बनाउँछ नै प्रतिरक्षा प्रणालीमा पनि सुधार गर्दछ । तपाईँलाई पनि आफूमा भिटामिन डीको कमीको लक्षणहरू महसुस गरिरहनु भएको छ भने तुरुन्तै डाक्टरसँग परामर्श लिनुहोस् अनि आफ्नो आहार र जीवनशैली सुधार गर्नुहोस् ।
(अस्वीकरण: यो लेख सामान्य जानकारीको लागि अनलाइन सामाग्रीबाट तयार पारिएको हो । अधिक जानकारीका लागि विशेषज्ञ वा आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोला ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण