हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
काठमाडौं । विद्रोही हिजबुल्लाह समूहसँग युद्धविरामको सम्झौता भएसँगै लेबनानमा नागरिकहरु गोलाबारीले तहसनहस भएका घरमा फर्किएका छन् । इजरायली हवाई हमलाका कारण विनाश भएका भवन संरचनामा नागरिक फिर्तिका तस्विरहरु हालै सार्वजनिक भएका हुन् ।
बेलायती समाचार संस्था बीबीसीका अनुसार बेरुतमा विस्थापितले भरिभराउ सबैभन्दा ठूलो विद्यालय परिसर अहिले खाली जस्तै भएको छ । जो एक खेल मैदानमा खेलिरहेका केही बालबालिका र वरपर बस्ने केही व्यक्तिहरुबाहेक खालीप्राय देखिन्छ ।
त्यहाँ आश्रय लिएर बसेकामध्ये एकै विहान मात्रै ८० प्रतिशतभन्दा बढी नागरिक आफ्नो पुरानो बासस्थान फर्किएका बताइएको छ । यता, इजरायलले जबसम्म हिजबुल्लाह यो युद्धविराम उल्लंघन गर्दैन तवसम्म यसैमा कायम रहने बताएको छ ।
सरकारका प्रवक्ता डेभिड मेन्सरले युद्धविरामको कुनै पनि उल्लंघन क्षम्य नहुने र जसमा कुनै हदसम्मको प्रतिवाद हुने बताएका छन् । हिजबुल्लाहले आफुहरुको सीमा क्षेत्रमा आतंकवादी कुनै पनि गतिविधि अघि बढाए आफ्नो रक्षा आफैंले गर्न आफुहरु तयार रहेको उनको हवाला दिँदै बीबीसीले उल्लेख गरेको छ । यो युद्धविरामसँगै गाजामा हमासको प्रभाव समेत कम भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण