च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
बिहीबार, १३ मङ्सिर २०८१, ०४ : १७
काठमाडौं । जर्मनीको बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिगमा उत्कृष्ट पुनरागमन गरेको छ । बुधबार राती डाइनामो जाग्रेबको घरेलु मैदानमा भएको खेलमा बोरुसियाले ३-० को जित निकाल्दै अंक तालिकामा आफुलाई माथि उकालेको हो ।
यो जितसँगै बोरुसियाले अंकदुरीमा बार्सिलोनालाई भेट्टाएको छ । गोल अन्तरका आधारमा मात्रै उ बार्साभन्दा एक स्थान तल छ । बोरुसियालाई जिताउन जेमी गिटेंस, रामी बेन्सेबेनी र सेरहु गुइरासीले एक-एक गोल गरे ।
डाइनामोले भने खेल अवधिभर गोलको मौका नै जुराउन सकेन । यो जितले बोरुसियालाई अंक तालिकाको चौथो स्थानमा ल्याएको छ भने डाइनामो अन्तिम १६ को क्वालिफिकेशन क्षेत्रमा धकेलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण