रास्वपाले कीर्तिपुरमा व्यक्ति तोकेर सहयोग नगर्ने
बिहीबार, १३ मङ्सिर २०८१, १७ : ४३

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कीर्तिपुर नगरपालिकामा व्यक्ति तोकेर सहयोग नगर्ने निर्णय गरेको छ। पार्टी सांसद तथा केन्द्रीय नेता शिशिर खनालका अनुसार स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएपनि सबै उम्मेदवार योग्य भएकाले पार्टी कसैप्रति खुल्न नचाहेको हो ।
त्यसैले कीर्तिपुरमा पार्टीप्रति आस्थावान् नेता कार्यकर्तालाई उपयुक्त पात्र को हुनसक्छ आफ्नो इच्छा अनुसार मतदान गर्न खुल्ला छोडिएको उनले जानकारी दिए ।
‘योग्य मध्ये एक जनालाई आफुखुसी मत दिन हामीले खुल्ला छाड्ने निर्णय गरेका छौँ‚’ उनले भने‚ ‘कीर्तिपुरमा मात्र होइन देशभर हाम्रा उम्मेदवार नभएको स्थानमा साथीहरूले आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न सक्नुहुन्छ ।’
यहीँ मङ्सिर १६ गते हुने उपनिर्वाचनमा रास्वपाले कीर्तिपुर लगायत देशका अन्य केही स्थानीय तहमा उम्मेदवार उठाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै
-
किसानले उत्पादन गरेको फापर गाउँपालिकाले किन्यो
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते