चितवन राइनोजसँग जोडिए चर्चित पाकिस्तानी खेलाडी सोहेल तनवीर
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (आईपीएल) मा सहभागी क्लबमध्येको एक चितवन राइनोजले चर्चित पाकिस्तानी खेलाडी सोहल तनवीरलाई टोलीमा आबद्ध गरेको छ ।
चितवन राइनोजले लामो समय पाकिस्तानको राष्ट्रिय टोलीबाट खेलिसकेका सोहेल तनवीरसँग एनपीएलका लागि सम्झोता गरेको हो । बाँयाहाते तिब्रगतिका बलर सोहेल तनवीर विश्व चर्चित क्रिकेटर हुन् ।
उनले राजस्थान रोयल्सबाट विश्वकै लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग पनि खेलिसकेका छन् । उनी पाकिस्तान सुपर लिग विजेता टोलीका सदस्य पनि हुन् ।
उनले पाकिस्तानको राष्ट्रिय टोलीलाई सन् २००९ को आईसीसी टी–२० विश्वकपको उपाधि जिताउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
‘मैले एनपीएलको सहभागितालाई चुनौतीका रूपमा लिएको छु । नेपाल गएर हजारौँ नेपाली क्रिकेट फ्यानसामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभूति हुनेछ । मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टोलीका धेरै फ्यानहरू छन्,’ सोहेल तनवीर भन्छन् ।
यसैगरी, सोहेल तनवीरलाई भित्राएपछि टोली थप उत्साही भएको चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले जनाएका छन् । ‘हामीलाई यस्तै कुनै खेलाडीको खाँचो थियो । हामीले डे लाङको अभावलाई खड्किन नदिन सोहेल तनवीरलाई अनुबन्ध गरेका हौँ,’ उनले भनेका छन् ।
नेपाल प्रिमियर लिग क्रिकेट शनिबारदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण