मध्य प्रदेशको खण्डवामा जुलुसका क्रममा आगलागी, ३० जना घाइते
शुक्रबार, १४ मङ्सिर २०८१, ११ : ४६
नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यको खण्डवामा जुलुसका क्रममा आगलागी हुँदा ३० जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
‘सभाको रूपमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो, जुलुसको अनुमति लिइएको थियो । घण्टाघरमा कार्यक्रम सकिँदै गर्दा मानिसहरूको हातमा भएका केही मशाल उल्टियो, मसालको आसपास आगो भड्कियो ।’
घटनाबारे जानकारी दिँदै खण्डवाका प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार राईले भने । घेरा बनाएर उभिएका मध्ये केही महिला, बालबालिका र पुरुष थिए । उनीहरुको अनुहार र हातमा अलिकति जलेको बताइएको छ ।
जिल्ला अस्पतालमा करिब ३० जना ल्याइएको र तीमध्ये १८ जना प्राथमिक उपचारपछि घर गएका प्रहरी उपरीक्षकले भनेका छन् । अहिले पनि १२ जनाको प्राथमिक उपचार भइरहेको र कसैलाई पनि खतरा नभएको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण