लेबनानमा दोस्रो दिनमै भङ्ग होला युद्धविराम ?
बेरुत । इजरायल र हिजबुल्लाहबिच ६० दिनको लागि युद्धविराम भएको थियो । तर युद्धविराम लागू भएको दुई दिन नबित्दै यसको उल्लङ्घन भइरहेको आरोप लाग्न थालेको छ । दुवै पक्षले एक अर्कामाथि सम्झौता उल्लङ्घन गरेको आरोप लगाइरहेका छन् ।
इजरायली सेनाका अनुसार केही सन्दिग्ध गाडीहरू दक्षिणी लेबनानतिर गइरहेको देखिएको छ । यसका कारण आफूहरूले हमला गरेको सेनाले भनेको छ । हिजबुल्लाले युद्धविरामको शर्त उल्लङ्घन गरेकोले आफूहरूले दक्षिणी लेबनानको कयौँ क्षेत्रमा आक्रमण गरेको उनीहरूले बताइरहेका छन् ।
नेतन्याहुका सेनाले बुधवार र बिहीबार कयौँ पटक युद्ध विरामको उल्लङ्घन गरेको लेबनानी सेनाको आरोप छ । खबरका अनुसार आफ्नो औँला ट्रिगरमा भएको र लेबनानको सीमा बाहिर पनि इजरायली सेनाको फिर्ती हुन्छ कि भनेर आँखा गाडेर हेरिरहेको हिजबुल्लाहको सेन्ट्रल लिडरसिपले एउटा विज्ञप्तिमा भनेको छ । अमेरिका र फ्रान्सको मध्यस्थतामा इजरायल र हिजबुल्लाहबिच युद्धविराम सम्झौता भएको थियो ।
युद्ध विरामको सर्तअनुसार ६० दिनभित्र दक्षिणी लेबनानबाट हिजबुल्लाहका लडाकु र इजरायली सेना हट्नुपर्नेछ । त्यसपछि त्यहाँ लेबनानको सेना र संयुक्त राष्ट्रसङ्घको शान्ति दूत तैनाथ हुने भनिएको छ । बुधवार बिहान युद्धिवराम सुरु भएपछि इजरायलको लिटानी नदीको नजिक बेसारिया नजिक हवाई आक्रमण भएको थियो ।
युद्धविराम उल्लङ्घनबारे यसो भन्छन् नेतन्याहु ?
युद्धबिराम उल्लङ्घन हुने स्थितिमा तयार रहन आफूले इजरायली सेनालाई भनेको नेतन्याहुले बताएका छन् । लेबनानमा के हुन्छ भन्नेमा युद्ध विरामको समय अवधि थपिने कुरा निर्भर रहने पनि उनले भनेका छन् । हिजबुल्लाहले सम्झौताको उल्लङ्घन गरे र आफूलाई हतियारले सुसज्जित गर्ने कोसिस गरे भने आफूहरूले पनि हमला गर्ने उनले बताएका छन् ।
सीमा नजिक उनीहरूले आतङ्कवादी पूर्वाधार पुनः बनाउने कोसिस गरे वा रकेट लञ्च गरे वा सुरुङ खने वा रकेट बोक्ने ट्रक ल्याए भने पनि यी सबै स्थितिमा आफूहरूले आक्रमण गर्ने नेतन्याहुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण