मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने
काठमाडौँ । मङ्सिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनको मत परिणाम निर्वाचन आयोगको वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ । मतगणनाको परिणाम समय-समयमा आयोगको वेबसाइट https://result.election.gov.np/ मा नै अद्यावधिक गरिने सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी हुन् ।
मतगणना परिणाम बारे निर्वाचनका सबै सरोकारवालाहरूको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइटबाट हेर्न सकिने गरी व्यवस्था मिलाइएको उनको भनाई छ। उपनिर्वाचनको मतदान बिहान ७:०० बजेदेखि बेलुका ५:०० बजेसम्म तोकिएको मतदान केन्द्रमा हुने कार्यक्रम रहेको छ।
उक्त मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ। सो दिन नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदका लागि मतदान हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण