रामेछाप दुर्घटना अपडेट : ४ जना मृतकको सनाखत
शुक्रबार, १४ मङ्सिर २०८१, १९ : २९
काठमाडौँ । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर–६ स्थित सिम्लेभिरमा गाडी दुर्घटनामा ज्यान गुमाएका ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका वडा नम्बर–४ का अध्यक्ष रामचन्द्र बस्नेत, रामेछाप घर भएका कविता कार्की खड्का, स्वस्तिका खड्का र चालक ३५ वर्षका हिरा बहादुर कार्की छन् ।
कविता र स्वस्तिका आमा छोरी हुन् । काठमाडौँबाट रस्नालु तर्फ जाँदै गरेको ना.१ ज ७१२३ नम्बरको फोर्स जिप दुर्घटनामा परेर मृत्यु हुने एकजना महिलाको पहिचान खुल्न बाँकी रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर सरस्वती कार्की र कास्की घर भएका केशव शर्मासहित ३ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि रामेछाप सदरमुकमा मन्थलीमा लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण