दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा राम्रो बनेको छ : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेशमा दोस्रो पञ्चवर्षीय योजना लागु गर्ने तयारी भइरहेको छ । त्यसका लागि प्रदेश योजना आयोगले विभिन्न निकायसँग छलफल चलाइरहेको छ ।
शुक्रबार आयोगले तयार पारेको मस्यौदामाथि भएको छलफल कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा निकै राम्रो बनेको बताए । ‘नीति निकै नै राम्रो बनेको छ,’ उनले भने, ‘म परिवर्तन भएपनि नीति परिवर्तन नहुने गरी गुरुयोजना निर्माण भएको छ ।’
उनले रित पुर्याउनका लागि मात्रै दोस्रो पञ्चवर्षीय गुरुयोजनाको काम नभएको बताए । सकेसम्म आफ्नो कार्यकालमा राम्रो काम गरिने तर नराम्रो नगर्ने उनको भनाइ छ । उक्त योजना सबैका लागि बाटो देखाउने दस्ताबेज भएकाले सोही अनुसार सरकार अघि बढ्ने उनको भनाइ छ ।
फरक प्रसंगमा उनले बजेट कार्यान्वयनका लागि पहिलो प्राथमिकता दिएर काम भइरहेको बताए ।
कार्यक्रममा अर्थमन्त्री राजीवविक्रम शाहले अहिलेको मन्त्रिपरिषद् हिरो पल्टिन नचाहेको बताए । ‘हामी अनुशासनमा चल्ने प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘अहिलेको सरकार हिरो पल्टिन चाहेको छैन ।’ जिम्मेवारीमा रहेका हरेक मान्छेहरूले आ–आफ्नो जिम्मेवारी अनुसार काम गर्नुको साटो पछिल्लो समय हिरो पल्टिने प्रवृत्ति मौलाएको उनको भनाइ थियो ।
दोस्रो पञ्चवर्षीय गुरुयोजनाको मस्यौदा निकै राम्रो भएको बताउँदै शाहले कर्णालीमा लगानीको स्रोतहरू कम भएको बताए । थोरै बजेटलाई सही रूपमा कार्यान्वयन गर्ने कुरामा सरकार लागिरहेको उनको भनाइ छ ।
कर्णालीको आन्तरिक आम्दानी निकै न्यून रहेको बताउँदै शाहले वार्षिक १ अर्ब आम्दानी बढाउने गरी काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण