बीआरआईबारे कार्यदलले गर्यो प्रधानमन्त्री ओलीलाई ब्रिफिङ
शनिबार, १५ मङ्सिर २०८१, १६ : ४३
काठमाडौँ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बीआरआईका विषयमा देखिएको मतभेद सुल्झाउँदै साझा धारणा तय गर्न बनाइएको कार्यदलले गरेको सहमति बारेमा आज प्रधानमन्त्री केपी शर्मा अोलीलाई ब्रिफिङ गरेको छ । कार्यदलले प्रधामन्त्री ओलीलाई उनको निवास बालुवाटरमा भेटेर ब्रिफिङ गरेको हो ।
कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र सेमन्त दाहाल तथा एमालेको तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा छन् । बीआरआई परियोजना ऋणबाट होइन, अनुदानबाट लिने सहमति कार्यदलले गरेको छ ।
यो कार्यदलले सहकार्यको फ्रेमवर्क भनेर प्रस्ताव तयार गरेको छ । उता चीनले कार्यान्वयनको योजना भनेर प्रस्ताव गरेको थियो । कार्यदलले नेपाललाई तत्काल आवश्यक पर्ने परियोजनालाई मात्र यो फ्रेमवर्कभित्र राखेर लागु गर्ने सहमति गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण