ग्रामथानमा साढे १४ हजार मत खस्यो
आइतबार, १६ मङ्सिर २०८१, १४ : ४१
_aUxRR1glv2.jpg)
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचनमा १४ हजार ५ सय ४३ मत खसेको छ । दिउसो २ बजेसम्ममा ५५. ८४ प्रतिशत मत खसिसकेको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए ।
अध्यक्ष पदका लागि एक स्वतन्त्रसहित १६ जना उम्मेदवार चुनावी दौडमा छन् । १२ मतदानस्थल र २९ मतदान केन्द्र छन् । उपनिर्वाचनमा २६ हजार ४४ मतदाता रहेकम छन् ।
२०७९ सालको निर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा विजयी नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गत असारमा निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन भएको हो । मतदान सकिएपछि आज राति देखिनै मत गणना गरीने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।