जिसस कैलाली प्रमुखमा निर्वाचित भुलले लिइन् शपथ
आइतबार, १६ मङ्सिर २०८१, १५ : ०३
धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित भएकी कांग्रेसकी टीकाकुमारी चौधरी भुलले शपथ लिएकी छिन् । प्रमुख निर्वाचन अधिकृत समेत रहेका कैलाली जिल्ला अदालतका न्यायाधीश डण्डापाणी लामिछानेले जिसस प्रमुख भुललाई आज शपथ ग्रहण गराएका हुन् । आजै निर्वाचित भएको प्रमाणपत्र पाएकी उनले पदभार समेत ग्रहण गरेकी छन् ।
नागरिक उन्मुक्ति पार्टीकी रुपमती डँगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि भुल समन्वय प्रमुखमा निर्विरोध निर्वाचित भएकी थिइन् । नेपाली कांग्रेसबाट जिसस कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पदमा उपनिर्वाचन भएको हो ।
शपथ ग्रहण कार्यक्रममा जिसस कैलालीका पदाधिकारी, कैलाली गाउँपालिका अध्यक्ष राजसमझ चौधरीलगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण