डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा मतदान सम्पन्न, ८५ प्रतिशत मत खस्यो
आइतबार, १६ मङ्सिर २०८१, १७ : ४१

सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदका लागि आइतबार भएको मतदानमा ८५ प्रतिशत मत मात्रै खसेको छ ।
कुल ३५३ जना मतदाता रहेको उक्त वडामा ३०३ मत मात्रै खसेको डोल्पाका सहायक निर्वाचन अधिकृत हरिगोपाल ज्ञवालीले रातोपाटीलाई बताए । उनका अनुसार मतदान गर्नेमा १५८ महिला र १४५ पुरुष रहेका छन् । यहाँ वडाध्यक्ष पदका लागि लागि ४ जनाको उम्मेदवारी दर्ता भएको थियो ।
समाजवादीबाट ज्योति घर्ती, एमालेबाट नरबहादुर रोका, माओवादीबाट नरबहादुर झाँक्री र कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपानेले रहेका छन् । यद्यपि समाजवादीले माओवादीलाई समर्थन गर्ने भएकाले एमाले, माओवादी र कांग्रेसबिच प्रतिस्पर्धा हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
स्थानीय र पश्चिमी वायुसँगै भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै
-
सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशामा स्थानीय दंग