हेटौँडा–१२ मा मतदान सकियो, ६८.९ प्रतिशत मत खस्यो
हेटौँडा । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदका लागि सम्पन्न भएको छ । आइतबार बिहान ७ बजेटबाट साँझ ५ बजेसम्म सञ्चालन भएको मतदानमा ६८.९ प्रतिशत मत खसेको छ ।
२ वटा मतदान स्थलमा कायम गरिएको ९ मतदान केन्द्रमा कुल ८ हजार ५६ मतदाता मध्ये ५ हजार ४८४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ४ हजार ४२८ मतदाता रहेको प्रतिभा आधारभूत विद्यालयको ५ मतदान केन्द्रमा ३ हजार १० मत खसेको छ भने विष्णुज्योती आधारभूत विद्यालयमा रहेको ४ मतदान केन्द्रमा २ हजार ४७४ मत खसेको हो ।
मतदान कार्यक्रममा महिला २ हजार ९४६ र पुरुष २ हजार ५३७ मतदाताले सहभागिता जनाएका छन् । प्रतिभा मतदान केन्द्रमा १ हजार ६३७ महिला र १ हजार ३७२ पुरुषले मतदान गरेका छन् । विष्णुज्योती मतदान केन्द्रमा महिला १ हजार ३०९ र पुरुष १ हजार १६५ मतदाताले मत खसालेका छन् ।
उक्त वडाको वडा अध्यक्ष पदमा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनका लागि कांग्रेसका अर्जुनप्रसाद तिवारी, एमालेका राजेश नगरकोटी, माओवादी केन्द्रका रविकुमार प्रधान, रास्वपाका आशावीर बल, राप्रपाका प्रेमबहादुर भोलन, जसपाका छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशकी दीपा लामा, नेमकिपाकी फूलमाया तितुङ र एकीकृत समाजवादीका बलराम बल उम्मेदवार रहेका छन् भने स्वतन्त्रबाट अर्जुन घलान, गिताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा रहेका छन् ।
२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेसँगै हेटौँडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो । मतदान सम्पन्न भएसँगै मतपेटिका सङ्कलन तथा ढुवानी कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिइन् । मतपेटिका सङ्कलन गरी हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभा हलमा ल्याएर गणना गरिने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण