हेटौंडा–१२ को मत गणना राती ९ बजेदेखि गरिने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को मत गणना राती ९ बजेदेखि गरिने भएको छ । एक वडा अध्यक्ष पदका लागि भएको मतदानको राति ९ बजेदेखि मतगणना गरिने भएको हो ।
आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म भएको मतदानको मतगणना राति ९ बजेदेखि गर्ने निर्णय गरिएको प्रदेश निर्वाचन कार्यालय मकवानपुरका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । आइतबार साँझ बसेको सर्वदलीय बैठकले मतगणना कार्य राति ९ बजेबाट सुरु गर्ने निर्णय गरेको उनले बताए । हेटौंडास्थित सिद्धार्थ माध्यमिक विद्यालयको सवालमा मतगणना गरिने छ ।
उनका अनुसार पहिलो चरणमा एक स्थानमा मतगणना सुरु गरिने छ । बैठकले दुई चरणमा मतगणना गर्ने निर्णय गरेको छ । पहिलो चरणमा प्रतिभा आधारभूत विद्यालयको ३ वटा मतपेटिका र विष्णुज्योति आधारभूत विद्यालयको २ वटा मतपेटिका खोलेर मत गणना सुरु गर्ने र दोस्रो चरणमा बाँकी २/२ वटा मतपेटिका गणना गरिने बैठकले निर्णय गरेको छ । बैठकले मतगणना स्थलमा उम्मेदवार बाहेकले मोबाइल फोन नबोक्ने निर्णय गरेको छ ।
१२ जना उम्मेदवार प्रतिस्पर्धा गरेको उक्त निर्वाचनमा ६८।९ प्रतिशत मत खसेको थियो । आइतबार सम्पन्न मतदानमा ५ हजार ४५४ मत खसेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण