स्थानीय तह उपनिर्वाचनमा बजेन रास्वपाको ‘घण्टी’
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खासै प्रभाव पार्न सकेको देखिएको छैन । अहिलेसम्म मतपरिणाम सार्वजनिक भएका स्थानमा रास्वपाको ‘घण्टी’ले कमाल गर्न नसकेको देखिन्छ । स्थानीय तहका सीमित पदमा रास्वपाले उम्मेदवारी दिएको छ ।
रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को वडाअध्यक्षमा रास्वपाका हिमबहादुर पुनले जम्मा ७ मत प्राप्त गरेका छन् । वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका भुपमणी पुन मगर ६४३ मतका साथ निर्वाचित हुँदा नेकपा एमालेका वेगम पुनले ५३५ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरे । ६ जनाको उम्मेदवारी परेकोमा रास्वपाका उम्मेदवार हिमबहादुर पुन पाँचौँ स्थानमा रहे ।
यस्तै कालिकोटको तिलगुफा नगरपालिका–४ को वडा अध्यक्ष पदमा पनि रास्वपालाई निराशाजनक परिणाम हात लागेको छ । सो वडामा नेमकिपाका खड्गराज शाही १४३ मतका साथ निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नैसोभा शाहीले ११५ मत प्राप्त गरिन् । ६ जना उम्मेदवार रहेको यो वडामा रास्वपाका गगन बम जम्मा ५ मतका साथ पुछारमा रहे ।
ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को वडा अध्यक्ष पदमा रास्वपाले तुलनात्मक रूपमा राम्रो मत पाएको छ । यहाँ नेकपा एमालेका गंगाबहादुर तामाङ ३९९ मतसहित निर्वाचित हुँदा कांग्रेसका घनश्याम दाहालले १७७ मत पाए । रास्वपाका विष्णुप्रसाद पोखरेल तेस्रो स्थानमा रहन सफल भए । उनले १५१ मत प्राप्त गरेका छन् ।
रौतहटको ईशनाथ नगरपालिका–७ को वडा अध्यक्षमा पनि रास्वपाका उम्मेदवारले खासै प्रभाव पार्न सकेनन् । यहाँ नेपाली कांग्रेसका शेख अब्दुल खलिक ६२७ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका शेख अनवारले ५७५ मत प्राप्त गरे ।
कुल १४ प्रतिस्पर्धी रहेको यो वडामा रास्वपाका उम्मेदवार शेख असराज सातौँ स्थानमा सीमित भए । उनले जम्मा ६ मत प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण