भीमदत्त नगरपालिका-६ मा कांग्रेस विजयी, सबैतिर बाँडियो मत
सोमबार, १७ मङ्सिर २०८१, ०२ : १६
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार प्रकाश चन्दले कुल सदर मतमध्ये ११०७ मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार बहादुर चन्दले ४८७ मत ल्याए भने राप्रपाका सुसिल कुमार भट्टले ३६९ मत प्राप्त गरे । यस्तै, एकीकृत समाजवादीका उम्मेदवार जितेन्द्र बहादुर चन्दले २२५ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले २१८ मत कटाए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण