३४ पदको नतिजा सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)
काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजा आउने क्रम उत्तरार्धमा पुगेको छ । अहिलेसम्म ३४ स्थानको अन्तिम नतिजा आइसकेको छ । जसमा नेपाली कांग्रेसले १५ वडामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले नगरपालिकाको एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष र ४ वडाध्यक्षमा कब्जा जमाएको छ । त्यसैगरी कपा एमालेले एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्षमा जित निकालेको छ ।
त्यसैगरी जसपा नेपालले २ वडा, एकीकृत समाजवादीले १, नेमकिपाले १, रास्वपाले १ र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष पदमा विजय हासिल गरेका छन् ।
- कांग्रेसले जितेका स्थान
१.बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष धीरेन्द्र पुजारा
२.हेटौडा उपमहानगरपालिका १२ वडा अध्यक्ष अर्जुन प्रसाद तिवारी
३.मुसिकोट नगरपालिका १,आनन्द श्रेष्ठ
४.भीमदत्त नगरपालिका ६ प्रकाश चन्द
५.ठाकुरबाबा नगरपालिका ४ अमिन थारु
६.गढी गाउँपालिका ६ तेतर साहु
७.रुन्टीगढी गाउँपालिका ४ भूपमणि पुन मगर,
८.ईशनाथ नगरपालिका ७ शेख अब्दुल खलिक
९.सानीभेरी गाउँपालिका ५ मोती राम खत्री
१०.कीर्तिपुर नगरपालिका १ इच्छा कुमार महर्जन
११.पूर्वीचौकी गाउँपालिका ६ मोहन थापा
१२.लालीगुराँस नगरपालिका ८ नगेन्द्र लिम्बु
१३.दुहुँ गाउँपालिका ५ धन सिंह कुँवर
१४.कुसे गाउँपालिका ७ खम्ब बहादुर सिँह
१५.राजपुर नगरपालिका ६ मा समसे आलम
नेकपा एमाले जितेका स्थान
१.दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष जंगबहादुर शाही
२.बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष सुलोचना भण्डारी
३.शुद्धोधन गाउँपालिका १ वडा अध्यक्षमा मोहमद ताहिर मुसलमान
४.रामगोपालपुर नगरपालिका २ सकिवुल खाँ
५.मोलुङ गाउँपालिका ५ गंगा वहादुर तामाङ
६.सिरीजङ्घा गाउँपालिका ३ कुमारी सावादेन
७. दुल्लु नगरपालिका-१३ लालबहादुर शाही
- माओवादी केन्द्र
१.ककनी गाउँपालिका २ कृष्ण घिमिरे
२.त्रियुगा नगरपालिका १२ नविन कुमार वान्तवा राई
३.धनुषाधाम नगरपालिका १ शुनिल कापर केवट
४.गोरखा नगरपालिका ५ बिष्णु बहादुर मगर
५.पुथा उत्तरगंगा २ वडाध्यक्ष जगत घर्ती काजु (निर्विरोध यसअघि नै)
६. मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष नमो नारायण माझी
७. नलगाड नगरपालिका उपप्रमुख देवका लामिछाने
- जसपा नेपाल
१. डाक्नेश्वरी नगरपालिका १ धिरेन्द्र कुमार साह
२.डाक्नेश्वरी नगरपालिका ४ मा देवेन्द्र प्रसाद यादव
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
१.काठमाडौँ महानगरपालिका वडा नम्बर १६ रोजिना श्रेष्ठ
- नेकपा एकीकृत समाजवादी
१.रौतहटको गढिमाई नगरपालिका– ८ को वडाध्यक्षमा बजरंगी प्रसाद यादव
- नेमकिपा
१. तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा खड्ग राज शाही
- स्वतन्त्र
१.कन्काई नगरपालिका वडा नं ६ मा लक्ष्मीप्रसाद ओली
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण