उपनिर्वाचन : सहभागितामै सीमित भयो सीके राउतको जनमत पार्टी
काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टी आइतबार सम्पन्न स्थानीय तह निर्वाचनमा सहभागितामै सीमित भएको छ ।
अधिकांश स्थानको अन्तिम मत परिणाम सार्वजनिक हुँदा सो पार्टीका कुनै पनि उम्मेदवारले विजय हाँसिलमात्रै गर्न सकेनन् राम्रो मत पनि पाउन नसकेका हुन् । यस्तै गणना हुन बाँकी कीर्तिपुरमा पनि दोहोरो अंक कटाउने छाँट देखिएको छैन ।
निर्वाचन आयोगका अनुसार मोरङको ग्रामथान गाउँपालिकामा उम्मेदवार रहेका विनोद कुमार माझीले ४२ मत पाए भने उदयपुरको त्रियुगा नगरपालिका १२ मा प्रमोद मलाहा सहनीले २० मत पाए । यस्तै सुनसरीको गढी गाउँपालिका ६ मा सिताराम यादवले ६० मत, झापाको कन्काइ नगरपालिका ६ मा सुकलाल राजवंशीले ९ मत, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा शैलेन्द्र कुमार साह (तेली) ले ७४ मत तथा सोही स्थानीय तहको वडा नम्बर ४ मा उदय नारायण पण्डितले २३१ मत पाएका छन् ।
यसैगरी रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ७ मा शेख जमिरुल हकले १३५ मत पाउँदा गढीमाइ नगरपालिका ८ मा सुरेन्द्र राउत कुर्मीले ८ मत, धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ माकुश्वेश्वर मण्डलले २५ मत, काठमाडौँको कीर्तिपुर नगरपालिका जारी मतगणनामा केशव श्रेष्ठले ४ मत पाएका छन् ।
यस्तै कीर्तिपुर १ मा विकास प्रधानले ७ मत, वडा नम्बर ४ मा श्रीकृष्ण महर्जनले २ मत, कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा सीताराम पटेल कुर्मीले ४२३ मत र भीमदत्त नगरपालिका वडा नम्बर ६ मा यादव बहादुर चन्दले ५ मत पाएको आयोगले जनाएको छ ।
संघीय संसदमा राष्ट्रिय पार्टीको हैसियत रहेको जनमत स्थानीय तह उपनिर्वाचनमा भने सीमित हुन पुगेको हो । सोही पार्टीको मधेसमा प्रतिस्पर्धी रहेको जसपा नेपालले भने दुई स्थानमा वडाध्यक्ष जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण