एमालेले सात जिल्लाको अधिवेशन गर्न बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सात जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ । एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले बाँकी रहेका जिल्लाको अधिवेशन यही महिनाभित्र सम्पन्न गर्ने बताए ।
मोरङ, सिरहा, सप्तरी, धनुषा, अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी छ । गत जेठ मसान्तमा जिल्ला अधिवेशन गर्नुपर्ने भए पनि सदस्यता वितरण र आन्तरिक विवादका कारण ती जिल्लाको अधिवेशन निर्धारित समयमा हुन नसकेको अध्यक्ष डा सुब्बाले बताए । उनले बझाङ जिल्लाको अधिवेशनको समय यही महिनाको अन्तिममा तोकिएको र बाँकी जिल्लाको अधिवेशन पनि चाँडै तोकिने बताए ।
पार्टीले अधिवेशन हुन बाँकी रहेका सबै जिल्ला कमिटीलाई यही मङ्सिर महिनाभित्र अधिवेशन गर्न निर्देशन दिएको अध्यक्ष डा सुब्बाले बताए । “मङ्सिर महिनामा अधिवेशन सक्नुपर्ने हो । जिल्ला कमिटीले मिति तोकेर आउनुपर्दछ”, उनले भने, “अनि हामीले निर्वाचन गराउने हो ।” अहिलेसम्म ७० जिल्लाका जिल्ला अधिवेशन सम्पन्न भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा एक महिला पक्राउ
-
विपद् सम्बन्धी जानकारी र उद्धारका लागि नयाँ टोल फ्री नम्बर सञ्चालनमा
-
गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन, तस्बिरहरू
-
‘गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री बालेनले राष्ट्रकै तर्फबाट माफी माग्नुपर्छ’
-
सर्वोच्चको फैसला कार्यान्वयनमा सकस
-
सर्वोच्चले भन्यो– पूर्वन्यायाधीश र सैनिकको सम्पत्ति छानबिन गर्न बाध्य नपार्नु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण