तमिलनाडुमा चक्रवातका कारण पहिरो, पाँच जनाको शव भेटियो
मङ्गलबार, १८ मङ्सिर २०८१, १० : १०
नयाँ दिल्ली । भारतको तमिलनाडुमा चक्रवाती तूफान फङ्गलका कारण गएको पहिरो फसेका पाँच जनाका शव भेटिएको छ । राज्यको तिरुवन्नमलाईमा पहिरोमा परेर पुरिएका सातमध्ये पाँच जनाको शव निकालिएको छ ।
२४ घण्टासम्म चलेको उद्धार कार्यपछि सोमबार ५ जनाको शव निकालिएको हो । प्रदेशका उपमुख्यमन्त्री उदयनिधि स्टालिनले घटनास्थलमा पुगेर बाँकी व्यक्तिको शव उद्धारका लागि उद्धार टोली खटिरहेको बताए ।
मुख्यमन्त्री स्टालिनले घटनामा ज्यान गुमाएकाका परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिन निर्देशन दिएका छन् । चक्रवाती तूफान फङ्गलले तिरुवन्नमलाईमा भारी वर्षा गराएको थियो । वर्षाका कारण डिसेम्बर १ मा वीयूसी नगर क्षेत्रको अन्नामलाईयार पहाडमा पहिरो खसेको थियो । यस दुर्घटनामा दुई घरमा क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण