तमिलनाडुमा चक्रवातका कारण पहिरो, पाँच जनाको शव भेटियो
मङ्गलबार, १८ मङ्सिर २०८१, १० : १०

नयाँ दिल्ली । भारतको तमिलनाडुमा चक्रवाती तूफान फङ्गलका कारण गएको पहिरो फसेका पाँच जनाका शव भेटिएको छ । राज्यको तिरुवन्नमलाईमा पहिरोमा परेर पुरिएका सातमध्ये पाँच जनाको शव निकालिएको छ ।
२४ घण्टासम्म चलेको उद्धार कार्यपछि सोमबार ५ जनाको शव निकालिएको हो । प्रदेशका उपमुख्यमन्त्री उदयनिधि स्टालिनले घटनास्थलमा पुगेर बाँकी व्यक्तिको शव उद्धारका लागि उद्धार टोली खटिरहेको बताए ।
मुख्यमन्त्री स्टालिनले घटनामा ज्यान गुमाएकाका परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिन निर्देशन दिएका छन् । चक्रवाती तूफान फङ्गलले तिरुवन्नमलाईमा भारी वर्षा गराएको थियो । वर्षाका कारण डिसेम्बर १ मा वीयूसी नगर क्षेत्रको अन्नामलाईयार पहाडमा पहिरो खसेको थियो । यस दुर्घटनामा दुई घरमा क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपरेसन सिन्दूरमा कान्दाहार अपहरणका मास्टर माइन्डसहित ५ आतंकवादी मारिए : भारत
-
नयाँ बजेटमा आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल
-
साउदी अरबका विदेशमन्त्रीद्वारा भारत र पाकिस्तानसँग छलफल
-
उपसभामुख राना बङ्गलादेश प्रस्थान
-
विचार विज्ञानको सशक्त सङ्ग्रह :नेपाल नखुलेका पाटाहरू
-
भारत-पाकिस्तान तनाव : युद्ध रोक्न कूटनीतिक प्रयास