मस्कलाई ५६ अर्ब डलर तलब दिने प्रस्ताव दोस्रो पटक अस्वीकृत
क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई ५६ अर्ब डलर बराबरको तलब सुविधा दिने प्रस्ताव अस्वीकृत भएको छ ।
डेलावेयरका एक अदालतका न्यायधीसले मस्कलाई सो बराबरको तलब सुविधा दिने प्रस्तावलाई पुनःस्थापित गर्न अस्वीकार गरेका छन् । यही वर्षको गर्मीयाममा यो प्रस्तावलाई कम्पनीका शेयरधनी र सञ्चालक समितिका सदस्यहरूले अनुमोदन गरेका थिए । महिनौँसम्मको कानूनी खिचातानीबिच अदालतले यो निर्णय गरेको हो ।
न्यायाधीश क्याथलिन म्याककोर्मिकले जनवरीमा आफूले गरेको निर्णयलाई यथावत् राखेकी छिन् । अघिल्लो फैसलामा पनि उनले सञ्चालक समितिका सदस्यहरू मस्कको निकै प्रभावमा रहेको भन्ने तर्क गरेकी थिइन् । यो फैसलाप्रति प्रतिक्रिया जनाउँदै मस्कले आफ्नो माइक्रो ब्लगिङ वेबसाइट एक्समा ‘कम्पनीको मतलाई शेयरधनीहरूले नियन्त्रण गर्नु पर्छ, न्यायाधीसहरूले होइन,’ भनेर एउटा पोस्ट लेखेका छन् ।
यो फैसला गलत भएको भन्दै योविरुद्ध पुनरावेदन अदालत जाने टेस्लाले भनेको छ । टेस्लाले सन् २०१८ मा मस्कलाई ५६ अर्ब डलरसम्मको तलब सुविधा दिने प्रस्ताव ल्याएको थियो । तर त्यसयता कम्पनीले सो तलब सुविधा उचित छ भनेर प्रमाणित गर्न असफल भएको म्याककोर्मिकले भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण