अस्ट्रेलियाका विलियम बोसिस्टो कर्णाली याक्समा
मङ्गलबार, १८ मङ्सिर २०८१, ०७ : ४८

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्ये एक कर्णाली याक्सले अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टोलाई टोलीमा समावेश गरेको छ ।
३१ वर्षीय विलियमले प्रथम श्रेणी, लिस्ट ‘ए’ र टी–२० प्रतियोगिता खेलेका छन् । उनले अस्ट्रेलियाको यू–१९ टोलीबाट पनि लामो समय क्रिकेट खेलेका थिए । उनले प्रथम श्रेणीको क्रिकेटमा २८ खेल खेल्दै कुल एक हजार एक सय चार रन बनाएका छन् ।
कर्णाली याक्सले जारी एनपीएलमा हालसम्म एक खेल खेलेको छ । कर्णाली याक्स आफ्नो पहिलो खेलमै पराजित भएको छ । कर्णाली याक्सलाई पहिलो खेलमा जनकपुर बोल्ट्सले आठ विकेटले पराजित गरेको थियो ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित