अस्ट्रेलियाका विलियम बोसिस्टो कर्णाली याक्समा
मङ्गलबार, १८ मङ्सिर २०८१, ०७ : ४८
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्ये एक कर्णाली याक्सले अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टोलाई टोलीमा समावेश गरेको छ ।
३१ वर्षीय विलियमले प्रथम श्रेणी, लिस्ट ‘ए’ र टी–२० प्रतियोगिता खेलेका छन् । उनले अस्ट्रेलियाको यू–१९ टोलीबाट पनि लामो समय क्रिकेट खेलेका थिए । उनले प्रथम श्रेणीको क्रिकेटमा २८ खेल खेल्दै कुल एक हजार एक सय चार रन बनाएका छन् ।
कर्णाली याक्सले जारी एनपीएलमा हालसम्म एक खेल खेलेको छ । कर्णाली याक्स आफ्नो पहिलो खेलमै पराजित भएको छ । कर्णाली याक्सलाई पहिलो खेलमा जनकपुर बोल्ट्सले आठ विकेटले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण