पुस १० बाट फ्लोरमा निस्कने तयारीमा ‘कल्ली’
बुधबार, १९ मङ्सिर २०८१, ११ : ४५
काठमाडौँ । फिल्म ‘कल्ली’को छायाङ्कन पुस १० गतेबाट सुरु हुने भएको छ । निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा अभिनेता नाजिर हुसेन र वर्षा राउतलाई भित्र्याउँदै फिल्म छायाङ्कनको जानकारी दिएको हो ।
किरण नेपालीले निर्माण गर्न लागेको फिल्ममा यसअघि सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र बेनिशा हमाल छानिएका थिए । फिल्ममा माओत्से गुरुङ, रवीन्द्र झा, विनोद न्यौपाने, रेअर राईका पनि अभिनय रहनेछ ।
रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको संयुक्त व्यानरमा निर्माण हुन लागेको फिल्ममा निसाल पौडेलको छायाङ्कन, एसडी योगीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहने छ । फिल्मका निर्देशक लक्ष्मण सुनार हुन् । फिल्मको पटकथा तथा संवाद महेश दवाडीले तयार पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण