करेन्ट लागेर २ जनाको मृत्यु
बुधबार, १९ मङ्सिर २०८१, १३ : ०१
काठमाडौँ । विभिन्न जिल्लामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बारा र कपिलवस्तुमा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो ।
बाराको फेटा गाउँपालिका–१ अकवनिया बस्ने ४० वर्षीया लिलावती देवीको करेन्ट लागेर मङ्गलवार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा लत्रिएको विद्युतको
तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै कपिलवस्तुको शुद्धोदन गाउँपालिका–२ हर्नामपुर बस्ने राममिलन लोधकी छोरी १५ वर्षीया मनिषा लोधको करेन्ट लागेर मङ्गलवार राति मृत्यु भएको छ । आफ्नै घरको पानी
तान्ने विद्युतीय मोटरको स्विच अन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको अलसेक हस्पिटल लबनीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण