एनएमबि बैंकलाई अवार्ड
बिहीबार, २० मङ्सिर २०८१, १६ : २८
काठमाडौँ । एनएमबि बैंकलाई युएन उमन एशिया–प्यासिफिक डब्लुईपीएसले लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै विशेष अवार्ड प्रदान गरेको छ ।
युएन उमन र यूएन ग्लोबल कम्प्याक्टले कार्यस्थल र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ । एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नकालागि बैंकको तर्फबाट सक्दो प्रयास गर्दै आएकोमा यो अवार्ड प्राप्त भएको जनाएको छ ।
यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा डब्लुईपीएस अन्तर्गतको यूएन उमनद्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको विज्ञप्तिमार्फत जनाएको छ । एसिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण