धवनले मनाए ३९ औँ जन्मदिन
काठमाडौँ । चर्चित भारतीय क्रिकेटर शिखर धवन हाल नेपालमा छन् । उनी नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका हुन् । उनी कर्णाली याक्सको तर्फबाट एनपीएल खेल्दैछन् ।
संयोगले, धवनलाई नेपालमै जन्मदिन मनाउने अवसर पनि जुरेको छ । बिहीबार धवनको जन्मदिन हो । उनी बिहीबार ३९ वर्ष पुगेका छन् । उनले आफ्नो जन्मदिन कर्णाली याक्सका टोलीसँग केक काटेर मनाएका छन् ।

भारतको राष्ट्रिय टोलीबाट दुई सय ६० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका धवनले जारी एनपीएलमा उत्कृष्ट प्रदर्शन पनि गरेका छन् । यद्यपि, उनको टोली कर्णाली याक्स आफूले खेलेको दुवै खेलमा पराजित भएको छ ।
कर्णाली याक्सको पहिलो खेलमा धवनले जनकपुर बोल्ट्सविरुद्ध १४ रन बनाएका थिए । त्यो खेलमा उनले १४ बलको सामना गरी तीन चौका पनि हिर्काएका थिए ।

दोस्रो खेलमा भने उनले उत्कृष्ट अर्धशतक बनाएका थिए । काठमाडौँ गुर्खाजविरुद्धको उक्त खेलमा ओपनर ब्याट्सम्यान शिखर धवनले अविजित ७२ रन बनाएका थिए । त्यो खेलमा उनले ५१ बलको सामना गरी पाँच छक्का र चार चौका पनि हिर्काएका थिए । जारी एनपीएलमा सम्भवतः धवन नै सबैभन्दा चर्चित विदेशी खेलाडी पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण