वैद्यको पार्टीमा दुई अङ्कको केन्द्रीय समिति बनाउन अधिकांशको सुझाव
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीमा दुई अङ्कको केन्द्रीय समिति बनाउन अधिकांशले सुझाव दिएका छन् । मङ्सिर १४ गतेदेखि कीर्तिपुरमा जारी बन्द सत्रको समूहगत छलफलमा धेरैले ९९ सदस्यीय केन्द्रीय समिति बनाउन सुझाव दिएका हुन् ।
केहीले १३१ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरेको महाधिवेशन आयोजक समिति सदस्य नारायण पङ्गेनीले जानकारी दिए । उनका अनुसार बिहीबार समूहगत छलफलको निष्कर्ष सुनाउने काम नसकिएकाले शुक्रवार बाँकी टोली नेताले निष्कर्ष सुनाएपछि संयोजक मोहन वैद्यले आएका सुझावको संश्लेषण गर्ने कार्यसूची रहेको छ ।
पङ्गेनीले निर्वाचन प्रक्रियामा कुनै फेरबदल नभएको बताए । महाधिवेशनले केन्द्रीय समिति चयन गर्ने र केन्द्रीय समितिले पदाधिकारी छनोट गर्ने पुरानै प्रक्रिया अनुसार नै नयाँ कार्यसमिति आउने जनले जानकारी दिए । बन्द सत्रमा संयोजक वैद्यको मूल दस्ताबेजसहित १५ वटा प्रस्तावमा २० वटा समूहमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण