बागमती प्रदेश लोकसेवा आयोगका सदस्य खड्काले लिए शपथ
हेटौँडा । बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रवार प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले नवनियुक्त सदस्य खड्कालाई शपथ गराएका हुन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा तथा मुख्यमन्त्री बहादुरसिंह लामाको उपस्थितिमा सदस्य खड्काले शपथ ग्रहण गरेका हुन् । प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा ऐनको दफा ४ को उपदफा (२) बमोजिम गत मंसिर १३ मा खड्का आयोगको सदस्यमा नियुक्त भएका थिए ।
गत कात्तिक २ मा आयोगका सदस्य सुदर्शन ढकालले पदबाट राजीनामा दिएपछि रिक्त उक्त एक सदस्य पदमा खड्का नियुक्त भएका थिए । आयोगको अध्यक्षमा श्रेष्ठको नियुक्तिको विषयलाई लिएर ढकालले असन्तुष्टि व्यक्त गर्दै कार्तिक ११ बाट लागू हुनेगरी पदबाट राजीनामा दिएका थिए । आयोगको कुल ३ सदस्यमध्ये एक महिला सदस्यमा कांग्रेसबाट शर्मिला न्यौपाने कार्यरत रहेकी छिन् । उनको पदावधि बाँकी नै रहेको छ ।
गौरीशंकर गाउँपालिका–५ दोलखा निवासी खड्का प्रमुख प्रतिपक्ष दल माओवादी कोटामा आयोगको सदस्य नियुक्त भएका हुन् । खड्का प्राध्यापन क्षेत्रबाट आयोगको सदस्य बनेका हुन् । उनी दोलखाको सिंगटीस्थित प्रताप स्मृति क्याम्पसका प्रमुख हुन् ।
माध्यमिक तह स्थायी शिक्षक रहेका उनले कालीनाग माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए । आयोगको सदस्य हुने निश्चित भएसँगै शिक्षण पेसाबाट अवकाश लिएका थिए । उनले आयोगको सदस्य बन्न गत कात्तिकमा शिक्षण पेसाबाट अवकाश लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण