युनियन मेवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
शुक्रबार, २१ मङ्सिर २०८१, १४ : ३४

काठमाडौं । युनियन मेवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । एक सय रुपैयाँ अंकित मूल्यमा उक्त हाइड्रोपावरले ३५ करोड ३८ लाख रुपैयाँ बराबरको ३५ लाख ३८ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । यसका लागि कम्पनीले सनराइज क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
बिक्री प्रबन्धसम्बन्धी उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् । युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपालिकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माणाधिन करिब ३५ प्रतिशत कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित
-
अख्तियारको सेलेक्टिभ न्याय : ‘ठुला माछा’ फसेको काण्डमा यसरी उम्किए रामदेव र बालकृष्ण
-
बेँसीसहर–चामे सडक अवरुद्ध
-
प्रतिनिधिसभा बैठक रास्वपाले पनि गर्यो बहिस्कार
-
मस्तिष्कले आफैँ मेटाइदिन्छ नराम्रो स्मृति ?
-
रास्वपाको विरोधकाबिच प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूचीबाट हट्यो