युनियन मेवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
शुक्रबार, २१ मङ्सिर २०८१, १४ : ३४
काठमाडौं । युनियन मेवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । एक सय रुपैयाँ अंकित मूल्यमा उक्त हाइड्रोपावरले ३५ करोड ३८ लाख रुपैयाँ बराबरको ३५ लाख ३८ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । यसका लागि कम्पनीले सनराइज क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
बिक्री प्रबन्धसम्बन्धी उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् । युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपालिकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माणाधिन करिब ३५ प्रतिशत कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण