‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुनविरुद्ध पुलिसमा उजुरी
शुक्रबार, २१ मङ्सिर २०८१, १४ : ३५
मुम्बई । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनविरुद्ध उजुरी परेको छ । फिल्म ‘पुष्पा २’ को विशेष शो मा भागदौड हुँदा एक महिलाको मृत्यु भएपछि उनीविरुद्ध उजुरी परेको हो ।
भागदौडमा मृत्यु भएकी महिलाका परिवारले थिएटर म्यानेजमेन्ट र अल्लू अर्जुनविरूद्ध संध्य पुलिस स्टेसनमा उजुरी दिएको भारतीय मिडियाले जनाएको छ । ‘पुष्पा २’ लाई लिएर दर्शक सुरु देखिनै निकै उत्साहित छन् ।
४ डिसेम्बरमा हैदराबादको थिएटरमा विशेष शो आयोजना गरिएको थियो । उक्त शोमा अल्लू अर्जुनलाई हेर्न दर्शकको भागदौड हुँदा एक महिलाको मृत्यु भएको हो ।
‘पुष्पा २’ मा अल्लु अर्जुनको अलवा रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ । सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माता नवीन येर्नेनी र रविशंकर यममाञ्चिली हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण