चन्द्रमाको वरिपरि अन्तरिक्ष यात्रीलाई उडाउने योजनामा ढिलाइ
वासिङटन डीसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो आगामी चन्द्र मिसन अझै ढिलो हुने बताएको छ । यसअघि सन् २०२५ मा चन्द्रमाको वरिपरि अन्तरिक्ष यात्री पठाउने एजेन्सीको योजना थियो । तर अब यो योजनालाई २०२६ को अप्रिलसम्मका लागि सारिएको छ ।
यस अभियानमा चारजना अन्तरिक्ष यात्री चन्द्रमाको परिक्रमा गराउने र पृथ्वीमा फर्काउने भनिएको थियो । यस ढिलाइका कारण, दुई अन्तरिक्षयात्रीलाई चन्द्रमामा उतार्ने नासाको अर्को मिसन पनि २०२७ सम्मका लागि थाँती बसेको छ ।
पाँच दशकभन्दा बढी समयपछिको सबैभन्दा ठुलो मिसन
नासाको आर्टेमिस मिसन अहिलेसम्म एक पटक मात्र सफल भएको छ । २०२२ मा एउटा खाली क्याप्सुललाई चन्द्रमाको चारै तिर परिक्रमा गर्न पठाइएको थियो । क्याप्सुलको प्रक्षेपण र चन्द्रमाको चारै तिर परिक्रमा सफल पनि रह्यो । तर पृथ्वीको वायुमन्डलमा फर्किने क्रममा क्याप्सुलको तल्लो भागमा रहेको हिट शिल्डमा क्षति पुग्यो । क्याप्सुल आउँदा धर्तीमा सुरक्षित रूपमा फर्कियोस् भनेर यसको बाटो पनि फेर्नु पर्यो ।
नासाका इन्जिनियरहरूले हालै यसको कारण पत्ता लगाएका थिए । उनीहरूले यसको समाधानका लागि काम गरिरहेका छन् । १९६० र ७० को दशकमा अपोलोपछि आर्टेमिस नासाको सबैभन्दा ठुलो मिसन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण