प्रधानमन्त्रीको चीन भ्रमण नेपालमा लगानी गर्न राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणपछि बीआरआईको कार्यान्वयनबारे न्युज एजेन्सी नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
भ्रमण दलका सदस्य समेत रहेका अध्यक्ष ढकालले भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावित क्षेत्र, विद्यमान कानुन, निजी क्षेत्रले लिने पहल लगायतका बारेमा चिनियाँ व्यवसायीहरूलाई जानकारी गराउने राम्रो अवसर मिलेको बताए । उनले परम्परागत कानुन परिमार्जन, वैदेशिक लगानी सहजीकरणको बारेमा पनि दुई पक्षबिच राम्रो छलफल भएको बताए । क्रेडिट रेटिङ हुनु आफैँमा राम्रो भएको भन्दै त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसरको सन्देश प्रवाह भएको दाबी गरे । अध्यक्ष ढकालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख सहरबाट सिधा उडानका लागि पनि छलफल गरेको बताए ।
उनले भने, ‘भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावनाको क्षेत्र, विद्यामान कानुन र निजी क्षेत्रले लिने पहल कदमीका बारेमा चीनका व्यवसायीलाई जानकारी गराउने राम्रो अवसर रह्यो ।’
अध्यक्ष ढकालले २०२५ लाई चीनले नेपाल भ्रमण वर्ष घोषणा गर्नु पर्यटनका लागि सुखद रहेको बताए । उनले सडक, हवाई, रेल र सञ्चार सञ्जालको विकासबाट जोडिनुपर्ने कुरा प्राथमिकताका साथ राखेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास माग्दै मुगुका राजनीतिक दलले बुझाए नेता ज्ञवालीलाई ज्ञापन पत्र
-
लेखा समितिका तीन एजेन्डाले देखाएको गन्जागोल
-
हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूको प्रवेशमा ट्रम्प प्रशासनले लगायो प्रतिबन्ध
-
सान डिएगो विमान दुर्घटनामा मेटल ब्यान्डका पूर्वड्रमर डेनियल विलियम्सको मृत्यु भएको आशंका
-
बार्सिलोनामा नै संन्यास लिने राफिन्हाको इच्छा
-
इजरायली दूतावासका दुई कर्मचारी हत्याका सन्दिग्ध अदालतमा पेस