बुद्ध एयरले थप्यो १९ औँ एटिआर विमान
शुक्रबार, २१ मङ्सिर २०८१, २१ : ५६
काठमाडौँ । निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयरले १९ औँ एटिआर विमान भित्र्याएको छ । नयाँ एटिआर–७२ विमान थपेसँगै कम्पनीसँग एटिआर–७२ सिरिजका विमानको सङ्ख्या १६ पुगेको छ ।
नयाँ विमानको आवश्यक कागजी प्रक्रिया पुर्याई डिसेम्बर महिनाको अन्त्यबाट व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ ।
बुद्ध एयरले कल साईन नाईन एन–एओजी विमान फ्रान्सको एटिआर कम्पनी, तुलुसबाट खरिद गरेर ल्याएको जनाएको छ । हाल सो कम्पनीसँग तीन वटा एटिआर–४२–३२० र १६ वटा एटिआर–७२–५०० जहाज रहेका छन् ।
हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धताअनुरूप नयाँ विमान थप गरिएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।
बुद्ध एयरले आन्तरिकतर्फ हाल दैनिक एकसय ४० भन्दा बढी उडान भरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण