शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

युट्युबमा फिल्म ‘फिच्यो’

शनिबार, २२ मङ्सिर २०८१, ०९ : १८
शनिबार, २२ मङ्सिर २०८१

काठमाडौँ । फिल्म ‘फिच्यो’ अर्थात ‘कान्छी छोरी’ युट्युबमा आएको छ । स्वदेश तथा विदेशको प्रदर्शनपछि फिल्मलाई युट्युवमा ल्याइएको हो । 

नेपाली, अङ्ग्रेजी र गुरुङ गरेर तीन भाषामा निर्माण भएको फिल्ममा विश्वास गुरूङ, इन्द्र घले (काशी), टिकाराम घले, सीतादेवी गुरुङ, डिबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्रीजङ गुरुङ, अञ्जना गुरुङ, पेम्बा छिरिङ शेर्पा, सिर्जना गुरुङ, बिरूप घले लगायतको अभिनय छ ।

गुरुङ समुदायको रीतिरिवाज, भेषभुषा, चालचलन सहितको कथावस्तु बोकेको फिल्म स्वदेशका आकर्षक लोकेसनमा भएको फिल्म विकास घले गुरुङको लेखन, निर्देशन तथा सम्पादनमा तयार भएको हो ।

रेड ओसियन इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको फिल्ममा प्रकाश गुरुङ (काश) का छायाङ्कन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत छ । फिल्ममा लेखन, निर्देशन तथा सम्पादन विकास घलेकै रहेको छ । फिल्ममा नृत्य गोरे गुरुङको छ ।

शान्ति माया गुरुङ (युएसए), मन्त्री जङ गुरुङ, बुद्धिमाया गुरुङ (इराक) र अविनाश यम.जि (मांगसुम) निर्माता रहेको फिल्मले बिग्रँदो सामाजिक परिस्थितिले कर्मठ र जेहेन्दार युवालाई कसरी असर पुर्याउँछ भन्ने देखाउन खोजेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप