प्रथम कोशी प्रदेश सम्मेलनमा महामन्त्री शर्मा पनि अनुपस्थित
शनिबार, २२ मङ्सिर २०८१, १० : ४४
काठमाडौँ । नेपाली कांग्रेसको प्रथम कोशी प्रदेश भेलामा महामन्त्री विश्वप्रकाश शर्मा पनि अनुपस्थित भएका छन्। कोशी प्रदेश सम्मेलनको विषयमा कांग्रेसभित्र मतभेद र विवाद बढ्दो छ। यसैबिच महामन्त्री शर्मा पनि कार्यक्रममा अनुपस्थित हुने भएका हुन्।
आज हुन लागेको कोशी प्रदेश सम्मेलन विराटनगरमा हुँदै छ। उक्त सम्मेलनमा पार्टी नेता शेखर कोइराला बहिष्कार गरेर चितवन हिँडिसकेका छन्। त्यसैले महामन्त्री शर्मा पनि किन उक्त कार्यक्रममा अनुपस्थित हुने भए भन्ने प्रश्न उठेको छ।
शर्माको सचिवालयले दिएको जानकारी अनुसार उनी खुम्बु ट्रेकिङका लागि हिजो नै सोलुखुम्बु पुगेका हुन्। सचिवालयका अनुसार ६ महिना अगाडि नै खुम्बु ट्रेकिङको प्लान बनेको थियो तर स्थानीय तह उपनिर्वाचन संयोजन गर्नुपर्ने भएकाले उनले त्यो कार्यक्रम सारेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण