रासायनिक मलको कालोबजारी बढ्यो, कठिनाइमा किसान
रौतहट । रौतहटमा रासायनिक मलको कालोबजारी भएपछि किसानहरू कठिनाइमा परेका छन्। गहुँको बीउ छर्न मलखाद्यको आवश्यकता परेको बेला अहिले जिल्लाको ग्रामीण क्षेत्रका बजारहरूमा युरिया र डीएपी मलको कालोबजारी बढेको हो।
जिल्लाको माधवनारायण, गढीमाई लगायतका अधिकांश पालिकाहरूमा तोकिएको भन्दा बढी मूल्यमा रासायनिक मल बिक्री भइरहेको छ। ग्रामीण बजारका केही व्यापारीले एक हजार रुपैयाँ पर्ने युरिया मल १२ सय देखि १४ सय सम्ममा बिक्री गरिरहेको किसानहरूले गुनासो गरेका छन् ।
त्यस्तै २ हजार ५ सय पर्ने डीएपी ३ हजार ४ सयदेखि ३ हजार ५ सय सममा बिक्री भइरहेको माधवनारायण नगरपालिका ६ का किसान किसुन राय यादवले बताएका छन्।
किसानको मागअनुसार युरिया र डीएपी मल उपलब्ध हुन सकेको छैन तर कतिपय व्यापारीले लुकिछिपी कालोबजारी गरिरहेको कारण आफूहरू कठिनाइमा परेको किसान यादवले दुखेसो पोख्छन्।
हाल रासायनिक मलखादको अवस्था बारे नियमनकारी निकाय वा जिल्ला प्रशासन कार्यालय रौतहटले बजार अनुगमन गरी कालोबजारी गर्ने व्यापारीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने किसानहरूले माग गरेका छन्।
हाल गहुँ खेती गर्ने मुख्य सिजनमा पनि स्थानीय निकायले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन चासो नलिएको किसानहरूले गुनासो गरेका छन्। स्थानीय सरकारबाट कैयौँ सङ्घ संस्थाले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन अनुदानमा लिएका छन्। तर अनुदानको मल किसानलाई नदिई बिचौलिया सँग बिक्री गर्ने गरेको कटहरिया १ का किसान रामबहादुर यादवको गुनासो रहेको छ।
सरकारबाट विभिन्न कृषि सहकारी सङ्घ संस्थाले अनुदानमा पाएका मलखाद्य किसानलाई नदिई बढी मूल्यमा व्यापारीसँग बेच्ने गरेको उनको दाबी रहेको छ। व्यापारीहरूले चर्को मूल्यमा किसानलाई मलखाद्य बेच्ने गरेका कारण किसानहरू निकै मारमा परेका छन्।
रौतहटका सीडीयो हिरालाल रेग्मीले मल र दैनिक उपभोग्य बस्तुको सामानमा कालोबजारी बारे छानबिन गर्ने र गलत गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण