धवनले एनपीएलका थप खेल नखेल्ने
काठमाडौँ । कर्णाली याक्सका स्टार खेलाडी शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल) का थप खेलहरू नखेल्ने भएका छन् । धवनसँग गरिएको करार अनुसार अब उनी कर्णालीका थप खेलहरुमा सहभागी नहुने भएका हुन् ।
कार्णाली याक्सका एक मालिक गेहेन्द्र घिमिरेले दिएको जानकारी अनुसार धवन र क्लबबिच डिसेम्बर १० भन्दा अघिसम्म एनपीएलका खेलहरू खेल्ने सम्झौता रहेको थियो । डिसेम्बर १० तारिखपछि उनी भारतमा अर्को लिग खेल्न जाने पहिले नै तय भएको थियो ।
आइतबार र सोमबार कर्णालीका थप खेलहरू नभएपछि आज विराटनगर किंग्सविरुद्धको खेल नै उनको अन्तिम खेल हुने भएको घिमिरेको भनाई छ । ‘उहाँले कति खेल खेल्नुभयो, कति रन बनाउनु भयो भन्ने कुराभन्दा पनि उहाँको आगमनले नेपाल प्रिमियर लिगको उचाइ कहाँ पुग्यो भन्ने कुरा महत्त्वपूर्ण छ,’ घिमिरेले रातोपाटीसँग कुराकानी गर्दै भने, ‘धवनले लिगको स्तर उकास्न र यसलाई विश्वभर चर्चित बनाउन ठुलो योगदान दिएर जाँदै हुनुहुन्छ ।’
शनिबार भएको खेलमा धवनले पाँच रन मात्र बनाउन सके । उनले चितवन राइनोजविरुद्ध ४५ रन, काठमाडौँ गुर्खाजविरुद्ध ७२ रन तथा जनकपुर बोल्ट्सविरुद्ध १४ रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण